कैलालीमा पत्रकारमाथि भएको दुर्व्यवहारविरुद्ध प्रेस सेन्टर नेपाल कैलाली जिल्ला समितिको ध्यानाकर्षण भएको छ । आइतबार विज्ञप्ति जारी गर्दै पत्रकार महासंघका कैलाली जिल्ला उपाध्यक्ष तथा एभिन्युज टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुख हरिश विक र कैलाली संवाददाता राजन जैगडीलाई ज्यान मार्ने धम्की दिने विरुद्ध प्रेस सेन्टर नेपालले ध्यानाकर्षण गरेको छ ।
’नदिजन्य पदार्थको अवैध उत्खनन्को विषयमा समाचार संकलनका लागि घोडाघोडी १० मा पर्ने कन्द्रा नदिमा पुगेर धनगढी फर्कने क्रममा घोडाघोडी नगरपालिका वडा नं २ का निवर्तमान वडाध्यक्ष हरिराज विष्टसहित २ जनाले पटक पटक फान गरेर अश्लिल शब्द प्रयोग गर्दै दिएको ज्यान मार्ने धम्की विरुद्ध प्रेस सेन्टर नेपालको गम्भिर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ, ’समाचार संकलनको विषयलाई लिएर पत्रकारलाई गालीगलौच र धम्की दिनु निन्दनीय र प्रेस स्वतन्त्रता विरोधी कार्य हो । समाचारका विषयमा केही असहमति भएमा कानुनी उपचारको बाटो हुँदाहुँदै ज्यान मार्ने धम्की दिनेजस्तो गैरकानुनी र निन्दनीय कार्यमा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौँ ।’
प्रतिकृया दिनुहोस