धनगढी । सुदूरपश्चिममा खानेपानी संरचना निर्माण तथा पुननिर्माणमा १ अर्ब ६७ करोड बढी बजेट विनियोजन भएको छ । बुधबार प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले सो जानकारी दिएका हुन् । मन्त्री रावलका अनुसार १ अर्ब ६७ करोड ९७ लाख बजेट खानेपानी संरचना निर्माण तथा पुननिर्माणका लागि विनियोजन गरिएको हो ।
प्रतिकृया दिनुहोस