जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ। ३५ वर्षीया महिलालाई जबर्जस्ती करणी गर्ने धनुषा विदेह नपा– ३ कर्माहियाका ६० वर्षीय विशेश्वर मुखियालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मुखियाले झारफुक गर्ने बहानामा सोमबार महिलाको घर प्रवेश गरी जबर्जस्ती करणी गरेका थिए । पीडितको जाहेरीका आधारमा प्रहरीले उनलाई बुधबार दुहबीबाट पक्राउ गरेको हो । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस