गोदाममा पटाका विष्फोट हुँदा तीन जनाको मृत्यु

  बिहिबार ०३, कार्तिक २०७९ ०५:०१

एजेन्सी–  एउटा पटाका गोदाममा आज भएको विस्फोटमा एक बालक, एक महिला र एक पुरुषसहित तीन जनाको मृत्यु  भएको छ । मध्य प्रदेश राज्यको एक गोदाममा विष्फोट हुँदा अन्य धेरै घाइते भएका एक जना स्थानीय प्रहरीले  बताएका छन् ।

राज्यको मोरेना जिल्लामा उक्त दुर्घटना भएको तथा सातजना घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । विष्फोटका कारण भवन भत्किँदा धेरैजना भग्नावशेषमा फसेका थिए । यही कात्तिक ७ गते भारतभर मनाइने दिवाली पर्वका लागि बनाइएका पटाका गोदाममा भारी मात्रामा भण्डार गरिएको थियो ।

प्रहरीका अनुसार तीन जनाको शव फेला परेको छ । यद्यपि उनीहरूको परिचय खुल्न बाँकी छ । भग्नावशेषमा अझै धेरै मानिस फसेका हुनसक्ने जनाउँदै प्रहरी खोज तथा उद्धार जारी रहेको बताएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु