धनगढी- सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द गरिएका छन्। बिहीबार राति १२ बजेबाट भारतसँग जोडिएका सुदूरपश्चिमका सम्पूर्ण सीमानाका बन्द गरिएका हुन्।
मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्मका लागि नाकाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालहरुले बताएका छन्। मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमानाका बन्द गरिएका बताइएको छ। कैलाली, कञ्चनपुर, बैतडी, दार्चुलाका सीमानाका बन्द गरिएका छन्।
प्रतिकृया दिनुहोस