अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना पुनः सुचारु भएको छ । प्रतिनिधि सभाको मतगणनाका क्रममा एउटा मत अर्धकट्टी सहित भेटिएपछि रोकिएको मतगणना सुचारु भएको हो ।
अर्धकट्टी सहितको मत बाकसमा भेटिएपछि नेकपा ९एमाले०ले मतगणनामा सहभागी नहुने जनाएपछि विवाद भएको थियो ।
अहिले सहमति भएपछि मतगणना सुचारु भइसकेको निर्वाचन अधिकृत ईन्द्र बहादुर कठायतले जानकारी दिएका छन ।
प्रतिकृया दिनुहोस