सुदूरपश्चिम प्राकृतिक दृष्टिकोणले असाध्यै सुन्दर छ । तर, पर्याप्त प्रचारप्रसारको अभावले यि प्रकृतिक सम्पदा ओझेलमा जस्तै छन् ।सुदूरपश्चिमको पहिचानलाई थप उचाईमा आधारमा बझाङमा पर्ने साइपाल र दार्चुला अपि हिमाल छन् । सात हजार १३२ मिटर उचाइमा रहेको अपि दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्दछ ।
साइपाल हिमाल गुराँस हिमशृङखला अन्तर्गत पर्ने दोस्रो अग्लो हिमाल हो । स्थानिय भाषामा यसलाई सैपाल पनि भन्ने गरिन्छ । यो गुराँस हिमालमा पर्ने अपिपछि दोस्रो अग्लो हिमाल हो । साइपाल ७ हजार ३१ मिटरको उचाइमा छ .।
प्रतिकृया दिनुहोस