पीएसएल २०२६ : दीपेन्द्र सम्मिलित इस्लामाबादले पहिलो खेल खेल्दै

छिनोफानो   शनिबार १४, चैत २०८२ ०३:३५

काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित इस्लामाबाद युनाइटेडले पाकिस्तान सुपर लिग ९पीएसएल० मा आज पहिलो खेल खेल्दै छ ।
इस्लामाबादले शनिबार मुल्तान सुल्तान्ससँग खेल्दै छ । खेल बेलुकी नेपाली समयअनुसार पौने ८ बजेदेखि सुरु हुनेछ ।

इस्लामाबादको कप्तानमा पाकिस्तानी अलराउन्डर शादाब खान छन् । मुल्तानको कप्तानी अस्ट्रेलियाका स्टिभ स्मिथले गर्नेछन् ।उनलाई इस्लामावादले ६० लाख पाकिस्तानी रुपैयाँ ९करिब ३१ लाख नेपाली रुपैयाँ० मा अनुबन्ध गरेको थियो ।

प्रतियोगिताका लागि दीपेन्द्र पाकिस्तान पुगिसकेका छन् । पश्चिम एसियाको तनावका बीच दीपेन्द्र काठमाडौंबाट दुबई हुँदै पाकिस्तान पुगेका थिए ।पाकिस्तान सुपर लिग ९पीएसएल० २०२६ यसपटक दर्शकबिना खेलाइएको छ । पश्चिम एशियामा जारी संकटका कारण प्रतियोगिता केवल लाहोर र कराँचीमा मात्रै भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु