सुदूरपश्चिम प्रदेश सभामा सभामुखका लागि आगामी माघ २ गते निर्वाचन हुने भएको छ। आज आईतवार बसेको सर्वदलीय बैठकले आगामी माघ २ गते निर्वाचन गर्ने सहमति भएको सचिव देवबहादुर बोगटीले जानकारी दिए। सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गते आह्वान गरिएको छ ।
प्रतिकृया दिनुहोस