नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलायन्सका तीन जना पाइलटलाई कारबाही सिफारिस गरेको छ । प्राधिकरणले पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुश्वाहा र उद्ब घिमिरेलाई कारबाही गर्न सिफारिस गरेको हो ।
गत शुक्रबार हङकङमा जोखिमपूर्ण ल्यान्ण्डिङ गराएको र एयर ट्राफिक कन्ट्रोल (एटीसी) को निर्देशन समेत नमानेको भन्दै प्राधिकरणले नेपाल वायु सेना निगमलाई तीनै जना पाइलटलाई निलम्बनसहित कारबाही गर्न निर्देशन दिएको हो ।
प्रतिकृया दिनुहोस