बझाङमा दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहसहित उनकी श्रीमती अमृता सिंह रभाउजू जयादेवीको मृत्यु भएको छ । बझाङ प्रहरीका अनुसार उनको कोहलपुर मेडिकल कलेज, नेपालगञ्जमा उपचारका क्रममा मृत्युभएको हो।
मंगलवार धनगढीबाट बझाङ जाँदै गरेका मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो। उनी सवार प्रदेश ०१००१ झ ४८० नम्बरको गाडीदुर्घटना हुँदा श्रीमती अमृतादेवी र भाउजु जानकीको घटना स्थलमा मृत्यु भएको थियो। मन्त्री सिंहलाई उपचारका लागि हेलिकोप्टरमानेपालगञ्ज लिइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो। उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीको भनेउपचार हुँदैछ। दुई जना मध्ये पीएसओ भण्डारीको अवस्था भने निकै गम्भिर रहेको छ ।
डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो ।
प्रतिकृया दिनुहोस