कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब २२ करोड ९४ लाख ७० हजारको बजेट सार्वजनिक गरेको हो ।
शुक्रबार दशौं नगरसभाबाट आगामी आर्थिक वर्षको अनुमानित बजेट प्रस्तुत गरिएको छ । चालुतर्फ ७६ करोड २८ लाख ६२ हजार र र पूजीगततर्फ ४६ करोड ६६ लाख ८ हजार गरी कुल एक अर्ब २२ करोड ९४ लाख ७० हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरिएको हो । संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत १८ करोड ४२ लाख, संघीय राजश्व बाँडफाँडबाट १७ करोड १ लाख ९२ हजार, संघीय सशर्त अनुदानबाट ३७ करोड ५२ लाख प्राप्त हुने अनुमान छ ।
त्यस्तै संघीय विशेष अनुदानबाट ३ करोड, संघीय समपुरक अनुदानबाट ८० लाख, प्रदेश वित्तीय समानीकरणबाट एक करोड ६९ लाख ४३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ६३ लाख ३० हजार, स्थानीय राजश्वबाट ६ करोड ५६ लाख १५ हजार, आन्तरिक स्रोतबाट १२ करोड ५४ लाख ९० हजार, संचित कोष बैंक मौज्दातबाट २४ करोड ५० लाख प्राप्त हुने गरी आगामी बजेट सार्वजनिक गरिएको हो ।
प्रतिकृया दिनुहोस