सुदूरपश्चिमको बजेटबिरुद्ध अपाङ्गता नागरिक द्धारा रिले अनसन

छिनोफानो   बिहिबार १४, असार २०८० ०७:०५

समाजमा केही गर्न नसक्ने उपमा दिएर हेला गरिने अपाङ्गता भएका ब्यक्तिहरुलाई सरकारले पनि ठगेपछि अहिले सुदूरपश्चिम प्रदेश मुकाम धनगढीमा अपाङ्गता भएका नागरिकहरु आन्दोलित छन्। अत्याधिक गर्मि र छिन-छिनमा बर्षा भैइरहेको धनगढीमा एक हप्ताअघि नै पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरेर उनीहरु सडकमा रहाँदा पनि सुदूरपश्चिम प्रदेश सरकारले भने कुनै चाँसो देखाएको छैन् ।

प्रदेश सरकारले आगामी वर्षकालागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा अपाङ्गता भएका नागरीकलाई होच्याउने र अपमानित खालका शब्द प्रयोग गरेको र बजेटमा समावेशीरुपमा अपाङ्गता भएकालाई नसमेटेको भन्दै उनीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएको थियो ।

काँही कतैबाट केही सम्बोधन गर्ने छाटकाँट नदेखेपछि सडक आन्दोलन गर्न बाध्य भएको अपाङ्गता अधिकार प्रबर्दधन संर्घष समितिका संयोजक भीमवहादुर शाहले जानकारी दिए । माग सम्बोधन गरीदिन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा जाँदा गेटमा रोकेपछि धनगढी बजारमा र्‍याली गरेर मंगलवारदेखि सडकमा रिले अनसन बसेको उनले बताए । शुक्रबार अर्थात यही १५ गतेपछि शसक्तरुपमा आमरण अनसनमा बस्ने उनको भनाई छ ।

सडक प्रदर्शनपछि अनसनमा बसेको तेस्रो दिनसम्म सरकारले केही चाँसो नदेखाएको भन्दै राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष मानवहादुर साउदले सुनवाई नहुँदासम्म आन्दोलन जारी रहने बताए । संविधानप्रदत हकअधिकार कार्यान्वयन गराउन अपाङ्गता भएका ब्यक्तिहरुले सडक आन्दोलन गर्नुपरेको बिडम्पना भन्दै उनले मुख्यमन्त्रीसहित प्रदेश सरकारका सबै मन्त्रीलाई अपाङ्गता भएकाहरुको शिक्षा, स्वास्थ्य र रोजगारसँग जोडिएका माग राखेको तर, बजेटमा काही कतै नसमेटिएको बताए ।


आफुहरुले उठाएका मागबारे जानकारी गराउदै राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका सचिव एवं संघर्ष समिति सदस्य नन्दराज भट्टले अपाङ्गताका क्षेत्रमा कार्यरत सबै संघसंस्थाको संस्थागत विकास र सवलिकरणकालागि केही बजेट माग गरेको बताए । यस्तै, आवश्यक साहायक सामाग्री, सरकारी अस्पतालमा सांकेतिक दोभाषेको व्यबस्था लगायतका माग रहेको उनको भनाई थियो ।

प्रदेशसभा र आन्तरीक मामला तथा कानुनमन्त्रालय बीच पार्कमोडमा अनसन बस्नु भएका अपाङ्गगता भएका ब्यक्तिहरुको आन्दोलनमा समाजमा रहेका विभिन्न क्षेत्रका ब्यक्तित्वहरु ऐक्यबद्धता जनाउन आइरहेका भएपनि सरकार सम्बद्ध सत्तापक्षका नेता तथा प्रदेश संसदहरु नआएको असनरतहरुले बताएका छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु