पछिल्लो समय कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सङ्कटापन्न कृष्णसारको संख्या बढ््दै गएपछि बासस्थान र ब्यवस्थापनमा समस्या हुदे देखिएको छ । विश्वमै थोरै सङ्ख्यामा रहेका सङ्कटापन्न कृष्णसारका लागी बासस्थानको सम्भावना राम्रो देखिएपछि १० बर्ष पहिले पहिलो पटक शुक्लाफाँटामा कृष्णसार ल्याएपछि अहिले संख्या वृद्धि भएसंगै ब्यवस्थापनमा समस्या देखिएको हो ।
२०६९ साल भदौमा नेपालगञ्ज तथा ललितपुरको सदर चिडियाखाना र २०७२ वैशाखमा बर्दियाको खैरापुरबाट यहाँ कृष्णसार स्थानान्तरण गरिएको हो । पहिलो चरणमा २८ र दोस्रो चरणमा १४ कृष्णसार स्थानान्तरण गरिएका थिए भने अहिले त्यो संख्या बढेर २ सय ६४ पुगेको छ । निकुञ्जको पूर्वी क्षेत्रमा रहेको हिरापुरफाँटामा कृष्णसारका लागि ताल र ‘सेड हाउस’ ९छहारी० निर्माण गरिएको गरिएको भएपनि अहिले त्यहाँ संख्या बढी भएपछि समस्या भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रोशन सिंह ठगुन्नाले जानकारी दिए । उनले बासस्थानको सम्भावना राम्रो देखिएपछि पहिलो पटक शुक्लाफाँटामा २०६९ साल भदौमा नेपालगञ्ज तथा ललितपुरको सदर चिडियाखाना र २०७२ वैशाखमा बर्दियाको खैरापुरबाट यहाँ कृष्णसार स्थानान्तरण गरिएको हो ।
निकुञ्जको पूर्वी क्षेत्रको सुरक्षार्थ तैनाथ नेपाली सेनाको अर्जुनी पोष्ट पश्चिम उत्तर र राजमार्गदेखि करिब चार किलोमिटर उत्तरमा रहेको हिरापुरफाँटामा कृष्णसारका लागि ताल र ‘सेड हाउस’ ९छहारी० निर्माण गरिएको भएपनि अहिले संख्या बढ्दै गएपछि ब्यवस्थापनमा समस्या देखिएको बताए । उनले भने अहिले ५८ दशमलव आठ हेक्टरमा कृष्णसारको बासस्थानका लागि तारबार गरिएको छ । यसअघि सुरुआतमा कृष्णसारका लागि १७ हेक्टर क्षेत्र छुट्टयाइएको थियो । “कृष्णसारको सङ्ख्या बर्सेनि बढ्दै जाँदा ठाउँ अपुग हुन थालेको छ, यसबारे विभागसँग परामर्श भइरहेको छ”, ।
कृष्णसारको व्यवस्थापनका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले ५८ दशमलव आठ हेक्टरमा कृष्णसारको बासस्थानका लागि ६ वटा बल्क बनाएर तारबार गरेको छ । कृष्णसारको बासस्थानसँगै पर्यटकको सहज आवागमनका निम्ति हिरापुर फाँटासम्म सडक ग्राभेल गरिएपनि १२ महिना सडकको सहज पहुच छैन् । घाँस चर्न र खुला ठाउँमा बस्न रुचाउने भाले कृष्णसार कालो र पोथी खैरो रङको कृष्णसार बर्दिया र शुक्लाफाँटामा मात्रै पाईने भएको हुदाँ यहाँ आन्तरिक तथा बाह्य पर्यटक ल्याउँन सकिने पर्यटन ब्यवसायीको वुझाई छ ।
सुदूरपश्चिम प्रदेश नाटाका अध्यक्ष पदम विक्रम सिंहले कृष्णसारको बासस्थानसँगै पर्यटकको सहज आवागमनका निम्ति हिरापुर फाँटासम्म सडकको अवस्थामा सुधार ल्याउँन आवश्यक भएको बताए । उनले सुदूरपश्चिममा पर्यटनको सम्भावना प्रचुर रहेको हुदाँ निजी क्षेत्र र सरकार विच समन्वयको आवश्यकता रहेको जानकारी दिए । त्यस्तै युवा ब्यवसायी लोकराज भट्टले त्यहाँ कृष्णसार हेर्न मचानसमेत निर्माण गरिएपनि हिरापुर फाँट अझै ओझेलमा परेको बताए । उनले घाँस चर्न र खुला ठाउँमा बस्न रुचाउने भाले कृष्णसार कालो र पोथी खैरो रङको कृष्णसार विश्व बाट नै लोप हुदै गएका कारण शुक्लाफाँटामा मात्रै पाईने कृष्णसार हेर्न आन्तरिक तथा बाह्य पर्यटक लाई ल्याउन सक्नु पर्ने धारणा ब्यक्त गरे ।
देशभर कृष्णसारको सङ्ख्या कम भएकाले तीनलाई जोगाउनका लागि यहाँ स्थानान्तरण गरिएको हो । करिब चार वर्षको अध्ययन अनुसन्धानपछि शुक्लाफाँटामा कृष्णसार स्थानान्तरण गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुमा सूचीकृत कृष्णसार नेपालमा सबैभन्दा बढी बर्दियाको खैरापुरमा रहेपनि अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छन् । यसको ब्यवस्थापनमा प्रदेश सकारले पनि चासो ब्यक्ति गरेको प्रदेशका उद्योग पर्यटन, वन तथा वातरण मन्त्री रमेश धामीले जानकारी दिए । उनले पर्यटन प्रर्वधनका लागी एक द्धार प्रणाली बाट अगाडी बढ्न जरुरी रहेको बताए ।
विश्वमै सबैभन्दा धेरै बाह्रसिङ्गाको झुण्ड पाइने शुक्लाफाँटामा ३६ पाटेबाघ, १७ गैँडा तथा चार सयभन्दा बढी प्रजातिका चराचुरुङ्गी रहेका छन् । तीनसय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा ५५ वर्गकिलोमिटर क्षेत्रफलमा घाँसे मैदान छ । उक्त घाँसे मैदान मुलुककै संरक्षित क्षेत्रमध्येकै ठूलो हो ।
प्रतिकृया दिनुहोस