प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक १ बजे बोलाईएको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देश जानकारी गराउने कार्यसुचीमा राखिएको छ ।
साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेश गर्ने कार्यसुची रहेको छ ।
प्रतिकृया दिनुहोस