इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडादर पनि घटेको छ । आइतबार नेपाल आयल निगमले डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटाएपछि सार्वजनिक यातायातको भाडादर पनि घटेको हो ।
आजैदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २ देखी १३ प्रतिशत, मालवाहक पहाडमा २ देखी ७८ र तराईमा ३ देखी ०९ प्रतिशतले भाडा घटाएको छ ।
पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा फेरी नयाँ भाडा दर समायोजनसहित वैज्ञानिक भाडा दर कायम गरीने जनाइएको छ ।
प्रतिकृया दिनुहोस