क्यानडामा जारी ग्लोबल टी-२० अन्तर्गत सर्रे जागुअर्सलाई मोन्टरियल टाइगर्सले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सर्रेलाई मोन्टरियलले ५ विकेटले पराजित गरेको हो ।
सर्रेले दिएको १३७ रनको लक्ष्य पछाएको मोन्टरियलले १८.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । मोन्टरियललाई जिताउनेक्रममा नेपाली खेलाडी दिपेन्द्र सिंह ऐरीले सर्बाधिक २८ रन बनाएका थिए । पहिलो पटक विदेशमा फ्रेन्चाइजी लिग खेलिरहेका दिपेन्द्रले २२ बलमा २ चौका प्रहार गर्दै २८ रन बनाएका थिए । उनलाई अर्का नेपाली बलर सन्दीप लामिछानेले आउट गरेका थिए ।
सन्दीपले पनि सर्रेका लागि ४ ओभरमा १७ रन दिएर २ विकेट लिदै राम्रो प्रदर्शन गरेका थिए । यद्यपी उनको टिमले हार बेहोरेको थियो । सर्रेले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाउदै १३६ रन बनाएको थियो । यो जितपछि मोन्ट रियलले यस सिजनमा विजयी शुरुवात गर्दै महत्वपूणर् २ अंक हासिल गरेको छ ।
प्रतिकृया दिनुहोस