समायोजनका कर्मचारीको हाजिरी नगराउने निणर्य तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

छिनोफानो   शनिबार ०६, साउन २०८० ११:१८

गोदावरी नगरपालिकामा स्वास्थ्य केन्द्र र चौकीमा कार्यरत समायोजनका कर्मचारीको हाजिरी नगराउने निणर्य तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायधिश तिलप्रसाद श्रेष्ठको इजलासमा शुक्रबार भएको बहसपछि नगरपालिकाको नगर सभा तथा कार्यपालिकाबाट भएको निणर्य तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

गोदावरी नगरपालिकाको असार ६ र सोही नगरपालिकाको नगरसभाबाट असार ११ मा भएको निणर्य तथा असार १७ गतेमा भएको पत्रचार समेत कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरिएको छ ।’

स्वास्थ्यकर्मी डम्मरसिंह खत्री समेतले नगरपालिका, नगर प्रमुख, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतलाई विपक्षी बनाई सर्वोच्चमा ३ गते उत्प्रेषण मुद्दा दायर गरेका थिए । सो मुद्दामा शुक्रबार दायरकर्ता तर्फबाट अधिवक्ता खम्मबहादुर खाती र जगतप्रकाश जोशीले बहस गरेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु