महिला विश्वकप फुटबलः दक्षिण अफ्रिका स्विडेन सँग पराजीत

छिनोफानो   आइतबार ०७, साउन २०८० ०३:१४

फिफा महिला विश्वकप फुटबल २०२३ मा स्विडेनले दक्षिण अफ्रिकालाई हराएको छ । आज आइतवार न्युजिल्यान्डको वेलिंगटन रिजनल स्टेडियममा भएको खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २-१ गोलले हराएको हो । 

दक्षिण अफ्रिकाले पहिलो हाफको शुरुमै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । दक्षिण अफ्रिकाका लागि खेलको ४८ औँ मिनेटमा हिलाद मागियाले गोल गरिन् । स्विडेनका लागि खेलको ६५ औँ मिनेटमा फ्रिडोलिनो रोल्फो र ९० औँ मिनेटमा अमन्दा इस्टेडले गोल गरिन् । यो जितसँगै समूह ुजीु मा रहेको स्विडेनले ३ अङ्क जोडेको छ ।

यस्तै आजै समूह ुईु मा नेदरल्यान्ड्स र पोर्चुगलबीच अहिले सवा १ बजे खेल हुँदैछ । यस्तै समूह ुएफु मा फ्रान्स र जमैकाबीच बेलुकी पौने ४ बजे खेल हुँदैछ । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि-क्वाटरफाइनलमा पुग्नेछन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु