आज सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गरेको छ । हाल मन्त्री विहिन रहेका दुई मन्त्रालयको मण्डल बिस्तारको तयारी गरिएको हो । स्रोतका अनुसार आज २ मन्त्री र एक राज्यमन्त्री नियुक्त हुन सक्ने छन् । सरकार बिस्तारका लागि काठमाडौंमा रहेका मुख्यमन्त्री शाह धनगढी फर्किरहेका छन् ।
अहिले सुदूरपश्चिममा २ मन्त्रालय मन्त्रीविहीन छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि कानुन मन्त्रालय रिक्त भएको थियो। कृषि मन्त्रालय पनि खाली छ । दुई वटा मन्त्रालय दाबी गरेको नागरिक उन्मुक्ति पार्टीलाई १ मन्त्रीसहित एक राज्यमन्त्री दिने र एकजना काङ्ग्रेसकै मन्त्री हुने स्रोतले बताएको छ ।
फागुन २१ गते प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री शाहलाई काँग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, नेकपा एस, स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ । सुदूरपश्चिम प्रदेश सभामा काँग्रेस १८, माओवादी केन्द्र ११ सभामुख(सहित), एमाले १०, नागरिक उन्मुक्ति ७, एस ४, राप्रपा १ र स्वतन्त्र १ जना रहेका छन् ।
प्रतिकृया दिनुहोस