अध्यक्ष ओली र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीच भेटवार्ता

छिनोफानो   मङ्गलबार ०९, साउन २०८० ०२:२२

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  केपी ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।

तीन दिनको नेपाल भ्रमणका लागि आइतबार यहाँ आइपुगेका पोलिटब्युरो सदस्य युआन नेतृत्वको प्रतिनिधिमण्डलले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूणर्बहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका थिए ।

एमाले पार्टी कार्यालय च्यासलमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको एमाले पार्टी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु