मङ्गलसैन नगरपालिका १० को लुगाडा औडिपाटा टोल , जहाँ महिला र वृद्ध बाहेक युवा कोहि छैनन्

पवन भण्डारी   बुधबार १४, कार्तिक २०८१ ०९:०४

पवन भण्डारी,अछाम । अछामको मङ्गलसैन नगरपालिका १० स्थित लुगाडा औडिपाटा टोल जो दशै तिहारमा पनि सुनसान छ । त्यो गाउँ मा दशै तिहारको रौनक नै छैन । करिब १ सय बढी घरघुरी रहेको उक्तटोलमा अधिकाँस घरमा ताला लगायका छन । फाट्फुट घरमा मात्र मान्छे छन तर युवाहरु भने छैनन । छन त केवल वृद्ध र महिला मात्र छन  । 

गाउँ मा भएका युवाहरुजती सबै रोजगारीको लागि भारत तथा अन्य देशमा छन । गाउँ मा कुनै मान्छेको मृत्यु हुदा समेत युवाहरू नहुदा घाट सम्म लैजान समेत निकै अठ्ब्यारो हुन्छ । करिव १ सय घर घुरी भन्दा बढी बसोबास रहेको उक्त गाउँका मानिसहरु कतिपयले बसाइँसराइ गरिसके त कोहि पुरै परिवार सहित भारतमा रोजगारीको लागि पलायन भएका छन ।

केही दिन अगाडि अर्थात कार्तिक ७ गते म घुम्दै उक्त टोलमा पुगे । उक्त दिन त्यो टोलमा सामुदायिक बिकास केन्द्र (डोटि)ले समुदाय स्थरको भेला आयोजना गरेको रैछ ।  समुदायस्थरमा बिपत जोखिम न्युनिकरणका लागी  उक्त सस्थाले काम गर्दै आएको मैले बुझे । सस्थाका कर्मचारीले बिहान ७ बजे नजिकैको स्कुलको प्राङ्गणमा भेला आयोजना गरेका थिए ।

त्यो भेलाबाट करिब ३० जना सम्मको समिती र कार्यदलहरु गठन गर्नु पर्ने रहेछ । रिपोर्टिङ कै क्रममा म पनि त्यो स्कुलमा पुगेको थिए । तर बिहान करिब ८ बज्यो तर मान्छेको उपस्थिति भने एक दुई जना मात्र थियो । बस्ती निकै बाक्लो भएको कारण मैले स्थानिय जनप्रतिनिधि एवम मङ्गलसैन नगरपालिका १० का वडा सदस्य भागी कडायतलाई बस्ती बाक्लो छ मान्छे किन उपस्थित नभएको ? भनेर प्रश्न गरे  ।

उहाँले भन्नुभयो गाउँमा मान्छे नै छैनन् ,भएभर युवाहरू रोजगारीको लागि बिदेश छ्न ,कतिपय ले बसाइँसराइ गरेर गैइ सके गाउँ सुनसान छ । यहाँ मान्छेको मृत्यु हुदा समेत घाट सम्म पुर्याउने मान्छे छैनन उनले भनिन ।

गाउँ मा  महिला र वृद्ध बाहेक कोहि छैन्नन उनले भनिन । बिस्तारै भेलाको लागि मान्छेहरु जम्मा हुँदै गए तर करिब ५० जना उपस्थित हुदा युवाको संख्या निकै कम थियो अर्थात एक दुई जना मात्र त्यो पनि केही दिनमा रोजगारीको लागि भारत जाने तयारी गरेका  युवा रहेछ्न । मैले युवाहरूलाई सोधे गाउँ ठूलो छ यति ठूलो गाउँ मा युवालाई कतै देखिदैनन किन ? भनेर आफुलाई जानकारी हुदा हुँदै प्रश्न गरे । युवाहरुले भने गाउमा बसेर के गर्नु परिवार पाल्नै पर्यो ,बालबच्चालाई पढाउन पर्यो नेपालमा रोजगार छैन जानै त पर्यो बिदेश उनिहरुले भने  ।

मैले फेरि सोधे यस्तै अवस्था हो भने त मान्छेको मृत्युु हुदा निकै समस्या हुन्छ होला नि है ? उनिहरुले भने निकै गार्हो छ । बुढापाका मान्छे मात्र छन गाउँ मा उनिहरुले सकि नसकी घाट सम्म पुर्याउछ्न के गर्ने यो गाउँ को परिस्थिति यस्तै छ । बिस्तारै त्यो ठाउमा बिपद ब्यवस्थापन समिती गठन हुन थाल्यो तर उत्त समितिमा बस्ने धेरै जसो महिला मात्र थिए ।

मैले नि वर्तमान वडा अध्यक्ष नेत्र बहादुर रावललाई  गाउँ को अवस्था बारे  सोधे  उनले भने "पहिले करिब चुनाबमा २५० सम्म भोट खस्थ्ये अहिले मुस्किलले १ सय भोट खस्ने अवस्था छैन । गाउँ मा भएका मानिसहरु प्राय रोजगारी को लागि परिवार सहित भारत बस्ने गरेको र घरहरु खाली रहेको उनले बताए । गाउँ मा रोजगार भए त केही युवाहरु बस्थे होला तर यो अवस्था छैन । गाउँ मा मान्छे बितेमा तल्लो गाउँबाट मान्छेहरु बोलाउनु पर्ने अवस्था छ । वृद्ध र महिलाहरु मात्र छन त्यो पनि थोरै संख्या मा उनले भने ।  दशै तिहारको समयमा नि लुगाडा औडिपाटा टोल सुनसान जस्तै बनेको छ पुर्व वडा अध्यक्ष रावलले भने यस्तै गरेर बसाइँसराइ हुँदै गएमा पछि पहाडका बस्तीमा  खालि बाँजा घर मात्र हुनेछन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु