धनगढीमा २८ लाख बढी रकम सहित २ भारतीय नागरिक पक्राउ

छिनोफानो   सोमबार १८, कार्तिक २०८२ ११:२६

धनगढी: कैलालीमा स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट भारतको लखिमपुर खीरी पलिया निवासी २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूको साथबाट स्रोत नखुलेको २८ लाख ३४० रपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। साथै, उनीहरू सवार युपी ३१ सिएन ११७५ नम्बरको कार समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

स्रोतका अनुसार प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा नगदसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।अहिले उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु