प्रचण्ड–माधव एकता अस्वीकार गरेका जनार्दनले पत्रकार सम्मेलन गर्दै

छिनोफानो   मङ्गलबार १९, कार्तिक २०८२ १२:३१

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्दैछन्। नेकपा एकीकृत समाजवादीसहित अन्य साना दल तथा समूहसँग एकता गर्ने निर्णय पार्टीले गरेपछि असहमित राखेका उनले पत्रकार सम्मेलनमार्फत आफ्नो कुरा राख्न लागेका हुन्।

शर्मानिकट एक नेताका अनुसार पत्रकार सम्मेलन सत्कार क्याफे बखुण्डोल ललितपुरमा दिउँसो २ः३० बजे हुनेछ। उनलाई पार्टीभित्रै रहेर नेतृत्वमाथि प्रश्न उठाउने सवालमा साथ दिएका सबैले साथ नदिए पनि राम कार्की, सुदन किरातीलगायतका केही प्रभावशाली नेताहरूकाे साथ छ। 

शर्मा आइतबार नेकपा माओवादीका नेता जनार्दन शर्माले संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एकता प्रक्रियामा आफू सहभागी नहुने प्रस्ट पारेका भनिसकेका छन्।

उता, माओवादीले भने आजै दिउँसो १ बजे महाधिवेशन आयोजक समितिको बैठक राखेर एकता अनुमोदन गर्दै छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु