शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

छिनोफानो   बिहिबार १४, कार्तिक २०८२ ११:०१

काठमाडौँ  ।  ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा  मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले राससलाई बताउनुभयो । आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उहाँले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताउनुभयो । 

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा एक/दुई भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु