✍️लेखक: लक्ष्मण प्रसाद भण्डारी
सन्दीप शहरमा जागिरे जीवन बिताउँदै थियो —
काठमाडौंको भीड, धुवाँ,धुलो,मानिसहरुको चहलपहल ट्राफिक, जाम
साथिहरुको संगतको रमझम र मोबाइलको घण्टीबीच ऊ आफूलाई ब्यस्त र सफल ठान्थ्यो।
उसको फेसबुक प्रोफाइलमा ‘मल्टि-नेसनल कम्पनीमा म्यानेजर’ लेखिएको थियो। उसलेथुप्रै वैदेशिक भ्रमण पनि गरिसकेको थियो
फेसबुकका स्टाटस र फोटोमा आएका लाइक कमेन्टले उसलाई खुशी प्राप्त हुन्थ्यो
तर त्यही प्रोफाइलको भित्री स्क्रीनमा,
एक प्रश्न बेलाबेलामा ठोक्किन्थ्यो —
"म को हु ?मेरो धरातल केहो ?"
यस्तै यस्तै कुराले उसलाइ बेला-बेलामा झस्काइ रहन्थ्यो
एक दिन उसले अकस्मात बिदा लिएर गाउँ जाने निर्णय गर्यो
करिब १० वर्षपछि, पहिलो पटक।
गाउँ पुगेपछि धेरै कुरा बदलिएको थियो —
पुरानो गोठमा अब सिमेन्टको कोठा बनेको थियो।
आमाको मुखमा मुस्कान थियो, तर शरीर थकित।
बुबाको खोकी अझ पुरानै लाग्यो,
तर आवाज कम सुनिन्थ्यो।
सन्दीपले गाउँलाई हेरेको थियो —
तर अझै भेटेको थिएन ।
उनले भने — बा "यत्रो आधुनिक भएछ है गाउँ पनि!"
बुबाले मुस्कुराउँदै भने — छोरा
"गाउँ बुझ्ने हो भने, कि त तिमीले सहर बस्नुपर्छ, कि त जङ्गल पस्नुपर्छ।"
सन्दीपलाई कुरा गहिरो लाग्यो।
त्यही रात ऊ घरको छानामा सुत्यो —
शहरमा एयर कन्डिसनमा बग्ने निन्द्राले त्यहाँ तारा हेरेर आँखा चिम्ल्यो। राती अबेर सम्म निन्द्रा लागेन उसलाइ र उसले निदाएको समय पनि थाहा पाएन बिहान को ६बजे
आमाले खोक्दै भन्नुभयो_बाबू उठ चिया खान आइजा
उ उठेर आगनमा बसेर पल्लो गाउँ हेर्दै चिया पियो पुराना थुप्रै कुराले उसलाइ सतायो
ऊ फेरि फर्किएको थियो — शहर छिर्दा हराएको आत्मा खोज्दै।
अर्को बिहान ऊ नजिकैको डाँडामा गयो, जहाँ उर्लिएको खोलाले पहिल्यैको बाटो काटेको थियो।
रुखहरू शान्त थिए, चराहरूले ‘बिहान भयो’ भन्ने गीत गाइरहेका थिए।
त्यो क्षण उसले बुझ्यो —
गाउँ त केवल घर होइन, त्यो त आत्माको आवाज रहेछ।
फेरि फर्किँदै गर्दा ऊ बिस्तारै परिवर्तन हुँदै गयो।
फेसबुक प्रोफाइल बदलियो —
"गाउँ फर्किएको मानिस"।
ऊ अझै जागिरे थियो,
तर अब हरेक महिना गाउँ जान्थ्यो,
बुबा–आमासँग गफ गर्न, बाल्यकालको रुख हेर्न, ती खोला!झरना,मैदान,फाटहरु,हेर्न र आफैसँग आफुलाइ भेट्न
उसले गाउँ चिनेको थियो —
किनभने ऊ पहिला सहर पसेको थियो,
र एक दिन जंगल झरेको थियो।
**"गाउँलाई टाढा नगर्नु,
गाउँ बुझ्न टाढा जानुपर्छ।"**
फर्किने बाटो (मसानघाट) भाग २
coming soon ...
प्रतिकृया दिनुहोस