धनगढी । अछाम जिल्ला मंगलसैन नगरपालिका १२ बिर्कुमा जन्मनु भएका डेउडा गायक नेत्र रावलको तेस्रो डेउडा किच किच्या पोई गितको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । लय जनक साँउदो रहेको उक्त गितमा शब्द र स्वर स्वयंम गायक नेत्र रावल उनलाई चर्चित गायिका शोभा थापाले साथ दिनु भएको छ ।
बिषेश रेर्कडिङ स्टुडियो बाट रेर्कड भएको उक्त गितले हाम्रो समाजमा रहेका यथार्थ घटनाहरुलाई चित्रण गरेको छ । पछिल्लो समय भारतमा बसेर सांगीतीक क्षेत्रमा आफनो यात्रालाई निरन्तर जारी राखेका रावलको यो गितले केहि बजार तताएको छ । गायक रावलले दर्जन बढि गितहरु बजारमा ल्याएको भए पनि यो गितले केहि आशा जगाएको बताए ।
आफुले पहिलो गितको रुपमा कोही छैन साहारा बोलको ठाडी भाका बजारमा ल्याएको बताउदै उनले भने सो गित थोरै भएपनि दर्षकको माया पाएपछि आफुले देउडा गित प्रति अझै रुची बढेको बताए । आफु सानै उमेर देखि गित संगित प्रेमी भएको बताउदै रावलले भने सानेै उमेरमा त सपना पुरा गर्न सकिन अहिले प्रबासमा भएपनि आफनो सपना र चाहाना पुरा गरेको छु । अरुले गायका गितहरु सुन्दा गाउने रहर जागेको बताउदै रावल भन्छन “मैले आफनो रहर पुरा गर्न प्रदेश आउनु पर्यो ।”
पारिवारीक परिस्थीतीले आफुले चाहेको समयमा गितहरु गाउन नसकेपनि अहिले जिवनको आधा उमेर पुगेर भएपनि मैले मेरो रहर पुरा गरे । अहिले आफुले समाजमा घटेका घटनाहरुलाई उजागर गर्न किच किच्या पोई गित बजारमा ल्याएको बताए । यो गितमा अभिनय साउद,भिम बिष्टको रहेको छ । उक्त गित बिषेश फिल्म बाट बजारमा आएको छ ।
प्रतिकृया दिनुहोस