शहरको चहलपहलबाट केही टाढा एउटा सानो कोठामा समीर एक्लै बस्छन्। बिहान उनले जस्तोसुकै मुस्कान देखाए पनि, साँझ परेपछि उनका आँखा आँसुका थोपा बगाउन थाल्छन् — न रोकिने, न कसैलाई देखाउन मिल्ने!
मान्छेहरू भन्छन — “ऊ त भाग्यमानी, जागिरे छ, राम्रो छ शहरमा बस्छ।”
तर कोही पनि सोध्दैनथे — "तिमी साँझमा के सोच्छ्यौ?"
कोही बुझ्दैनथे — "कसरी निदाउँछ्यौ?"
उनको जीवनमा एउटा समय आयो, जब उनी भरिभराउ थिए — घर थियो, माया थियो, सपना थियो।
तर त्यो सब एक रातमा सकियो।
बुबाको एक्कासि मृत्यु भयो, आमा रोगले थला परिन्।
माया गर्ने मान्छेले साथ छोड्यो, सपनाहरूले दिशा गुमाए।
र उनी थिए — सबैको अगाडि हाँस्नुपर्ने, तर रातभर रोइरहनुपर्ने
अब त आँखा नि सुक्दैछनहोला रातले मात्र चिनेको हर रात को साउने झरी झै बग्ने आँसु जो देखेर
।
को निदायो .? को अनिदो बस्यो ?यस्ता कैयौं रातहरु कसले कसरी बितायो त्यो त रातलाई मात्र थाहा छ।
उनको भित्री मनमा यस्ता धेरै कथा छन् — न सुनाउन मिल्ने, न कसैलाइ भन्न मिल्ने।
कसैले देख्न सकेनन् उनको आत्मा भित्र लुकेका घाउहरू —
जो हर दिन बिउँझिन्छन्, तर कहिल्यै निको हुदैनन्।
रात उनका लागि साथीजस्तै बनिसकेको छ —
रात मात्र हो जसलाई उनका आँसुहरूको स्वाद थाहा छ,
जसले उनको मौनता सुन्छ, उनका भित्रका चिच्याहट महसुस गर्छ।
जीवन चलिरहेको छ —
न त्यो पूर्ण उज्यालो हुन्छ, न अँध्यारो नै हट्छ।
जीवन त त्यही अध्यारो र उज्यालोको संगम हो !
जहाँ हरेक मुस्कान पछाडि एक कथा हुन्छ,
र हरेक मौनता पछाडि एक इतिहास।
✍️ लेखन: लक्ष्मण प्रसाद भण्डारी
प्रतिकृया दिनुहोस