काठमाण्डौ – नेकपा एमालेले भोलिदेखि हुने पार्टीको दोस्रो विधान महाधिवेनशनको सबै तयारी पूरा भएको जनाएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेनशनको उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र तीन सय १५ जना आयोजक सहभागी हुनेछन् ।
महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने एमालेले जनाएको छ ।
प्रतिकृया दिनुहोस