एमालेको विधान महाधिवेशनमा नेता थापालाई फरक मत प्रस्तुतिमा रोक

छिनोफानो   शनिबार २१, भदौ २०८२ ०५:१२

काठमाण्डौ – नेकपा एमालेको जारी विधान महाधिवेशनमा नेता कर्ण थापाको फरक मतलाई प्रस्तुत गर्नबाट रोक लगाएको छ । ललितपुरको गोदावरीमा रहेको सनराईज हलमा दोस्रो दिन आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीको सदस्यता नदिएकोसहित आफ्नो फरक मत प्रस्तुत गर्न मञ्चतिर गएका नेता थापालाई अध्यक्ष ओलीले हलमा फरक मतको प्रस्ताव वितरण भइसकेकाले प्रस्तुत गर्न आवश्यक नभएको भनेपछि नेता थापाले फरक मत पेश गर्न नपाउनुभएको हो ।

सबै सदस्यलाई फरक मत वितरण भइसकेको र त्यसलाई समूहगत छलफलमा अध्यक्ष ओलीले लैजान भनेपछि नेता थापा फरक मत हलमा प्रस्तुत नगर्न सहमत हुनुभएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

फरक मत छलफल गर्नबाट वञ्चित नगरिएको खाली प्रस्तुत गर्न भने वितरण गरिसकिएकाले आवश्यक नभएको कुरा अध्यक्ष ओलीले नेता थापालाई सचेत गराउनुभएको नेता गौतमको भनाइ छ । पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता नदिने पार्टीको निर्णयप्रति उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, नेता कर्ण थापाले फरक मत राख्दै आउनुभएको छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु