कांग्रेसमाथि भएको हमलालाई सामान्य मान्न नसकिने

छिनोफानो   बुधबार ०८, असोज २०८२ ११:०९

धनगढी:नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशका नेताहरुले जेनजी आन्दोलनको क्रममा कांग्रेसमाथि भएको हमलालाई सामान्य मान्न नसकिने निष्कर्ष निकालेका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसमेत रहेका कमलबहादुर शाहको संयोजनमा मंगलवार भएको छलफलमा उनीहरुले कांग्रेसको मनोबल गिराउने अभिप्रायले पार्टी सभापतिदेखि लिएर कांग्रेस नेता र पार्टी कार्यालयमा हमला गरिएको ठहर गरेका हुन।

लोकतन्त्र र स्थायित्वलाई कमजोर पार्न खोज्ने शक्तिले हमला गरेको छलफलमा शाहले जिकिर गरे। कांग्रेसको मनोबल गिराउने उद्देश्यले पार्टी सभापतिमाथि आक्रमण गरिएको उनको भनाइ छ। जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ डा। आरजु राणा देउवामाथि कुटपिट भएको थियो।

यो आक्रमणको पछाडि कांग्रेसलाई कमजोर बनाउन खोज्दै आएको शक्तिको हात रहेको नेताहरुको भनाइ छ। उनीहरुले यस किसिमको अवस्थामा कांग्रेसको सुझबुझ एकता आवश्यक रहेको औंल्याएका छन्। छलफलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट, नृपबहादुर वड, राष्ट्रिय सभा सदस्य नारायण मिश्र, नारायणदत्त भट्ट, कांग्रेस सुदूरपश्चिम प्रदेशका कार्यबाहक सभापति लोकराज अवस्थी लगायतको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु