काठमाडौं।इजरायल-हमास युद्धका क्रममा बेपत्ता बनेका नेपाली युवा विपिन जोशीलाई खोज्ने प्रयासस्वरूप अमेरिका पुगेकी उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी बिहीबार स्वदेश फर्किएका छन्।
उनीहरू केही समयअघि विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दवाव सिर्जना गर्न अमेरिका पुगेका थिए।
कतार एयरवेजको विमानमार्फत बिहीबार बिहान काठमाडौं फर्किएका उनीहरूले विपिनको अवस्था अज्ञात रहँदा पनि अन्तिममा हमासले जीवित नरहेको पुष्टि गरेपछि ठूलो निराशा बोक्दै फर्किनु परेको बताइएको छ।
इजरायल र हमासबीच युद्धविराम घोषणा भएपछि बन्धकहरूको अवस्थाबारे जानकारी दिँदै हमासले विपिन जीवित नरहेको पुष्टि गरेको थियो।
विपिन युद्ध सुरु भएदेखि नै बेपत्ता रहेका थिए। उनको अवस्था पत्ता लगाउन र न्यायका लागि अन्तर्राष्ट्रिय स्तरमा पहल गर्न आमा-छोरीले अमेरिका भ्रमण गरेका थिए।
प्रतिकृया दिनुहोस