काठमाडौं । जनजिब्राेमा एउटा गीत खुबै चर्चित छ, ‘निधारमा लर्काएर सप्तरंगी टीका…।’ यो गीत तिहारमा बज्ने धेरै गीतमध्ये एक हो ।
यो गीतले जस्तै आम धारणा पनि तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने नै छ । त्यसैले बजारमा पनि भाइटीकालाई लक्षित गरी थरिथरिका रङ बिक्रीका लागि राखिएका हुन्छन् ।
तर, शास्त्रीय मान्यताको कुरा भने आम धारणा र चलनचल्तीभन्दा भिन्न छ । शास्त्रले भन्छ– तिहारमा सप्तरंगी होइन, पञ्चरंगी टीका लगाउनुपर्छ ।
भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र निलो गरी पाँच रङको टीका लगाउने भनेर शास्त्रमा लेखिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद प्रा.डा. देवमणि भट्टराई बताउँछन् ।
वासुदेवकृष्ण भन्छन्– ७ रङका टीका, ६ स्वादका खाना
तर, अर्का संस्कृतिविद डा. वासुदेवकृष्ण शास्त्री (डा. बासुदेव कोइराला) भने यसलाई मान्न तयार छैनन् । उनका अनुसार तिहारमा सात प्रकारका रङको टीका नै लगाउनुपर्दछ ।
तिहारमा लगाइने सेतो रङ शान्तिको प्रतीक हो । निलो आरोग्य, कालो विरोध वा फौज, पहेँलो अध्यात्म, हरियो विकास, बैजनी स्वतन्त्रता र रातो साहसको प्रतीक हो । त्यसैले यी सातै प्रकारका रङको टीका तिहारमा प्रयोग गरिने शास्त्री बताउँछन् ।
नेपाली ज्ञान सभाका प्रवक्तासमेत रहेका शास्त्रीले अनलाइनखबरसँग भने, ‘हाम्रा सारा पर्वहरू सूर्य र चन्द्रमासँग सम्बन्धित छन् । त्यसैले सूर्यको किरणमा सात रङ भएजस्तै तिहारमा पनि सप्तरंगी टीका नै लगाउनुपर्छ ।’
शास्त्रीका अनुसार तिहारमा सात प्रकारका रङको टीका लगाइदिएपछि ६ प्रकारका स्वादको सम्मीश्रण भएको परिकार खानु/खुवाउनुपर्छ । संसारमा गुलियो, टर्रो, अमिलो, पिरो, नुनिलो र तितो गरी ६ प्रकारका स्वाद छन् ।

प्रतिकृया दिनुहोस