कञ्चनपुरका विभिन्न स्थानबाट १० लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद

छिनोफानो   शुक्रबार ०६, चैत २०८२ ०७:०९

कञ्चनपुर — कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भारतबाट भन्सार छलि गरी ल्याइएका अवैध सामानहरू बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका विभिन्न कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले भीमदत्त नगरपालिका–६ ऐठपुर बैजनाथ टोल र बेलौरी नगरपालिका–१ बैशाखा क्षेत्रबाट अन्दाजी मूल्य रु. १० लाख ८५ हजार १५० बराबरका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सामानहरूमा २ ट्राली केरा (ट्रालीसहित), चुना तथा मोबाइल ग्लास लगायतका सामग्री रहेका छन्। उक्त सामानहरू भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएको आशंका गरिएको प्रहरीले जनाएको छ।

बरामद सामानहरू आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको र सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु