आज कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बस्दै ,सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुने

छिनोफानो   शुक्रबार ०६, चैत २०८२ ०७:२१

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।बैठकमा भर्खरैसम्पन्न निर्वाचनमा पार्टीको पराजयको समिक्षा हुने बताइएको छ । त्यस्तै यस बैठकमा सभापति गगन थापाले दिएको राजीनामाका विषयमा पनि छलफल हुने भएको छ ।

सभापति थापाले पार्टीले निर्वाचन बेहोरेको हारको नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका छन् । आजको बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन् । शर्माले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुने स्पष्ट गरेका छन् ।

काँग्रेसको आजको बैठक दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने कावा मुख्य सचिव  कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूसहभागी हुने छन् । 

 

 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु