देशभर चिसो बढ्दै : न्यानो हुन आगो तथा हिटर बाल्दा सावधानी अपनाउन आग्रह

छिनोफानो   शुक्रबार २४, मङि्सर २०७८ ०७:५३

काठमाण्डाै -  देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट जोगिन आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

चिसोमा न्यानो हुन आगो, कोइला तथा ब्रिकेट र हिटर बाल्दा  सावधानी अपनाउन नसकिए आगलागीको जोखिम हुने भएकाले ख्याल गर्न मौसमविद्ले आग्रह गरेका हुन् । केही दिनयता दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेको छ ।

यसले गर्दा दिउँसाेको समयमा गर्मी हुने गरेको छ । तर, बिहान र बेलुका भने चिसो बढ्दै भएको छ । काठमाण्डौसहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ । काठमाण्डौको न्यूनतम तापक्रम आज ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

हिजो यो भन्दा पनि कम ६ दशमलव २ डिग्री सेल्सियस थियो  ।  बिहान हुस्सु कुहिरो लाग्ने हुँदा पनि धेरै चिसो महसुस हुन थालेको छ । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नभएकाले अबको केही दिन पनि मौसम सफा नै रहने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा भने मौसम आंशिक बद्ली हुने सम्भावना छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु