सुनको भाउ फेरि बढ्यो, आज एक हजार रुपैयाँ महँगो

छिनोफानो   बिहिबार ०५, फागुन २०७८ १२:१८

काठमाण्डाै - सुनको भाउ फेरि बढेको छ । आज तोलामा सुन एक हजार रुपैयाँले बढेर ९६ हजार एक सय रुपैयाँमा पुगेको छ।

हिजो भने तोलामा सुन १६ सय  रुपैयाँले घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउमा उतारचढाव आएकाले नेपाली बजारमा पनि भाउ घटबढ भएको हो।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु