शेयर बजार १७ दशमलव ४२ अङ्कले बढ्याे

छिनोफानो   मङ्गलबार १०, फागुन २०७८ ०३:५०

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार १७ अङ्कभन्दा धेरैले बढेकाे छ । नेप्से आज १७ दशमलव ४२ अङ्कले बढेर दुई हजार सात सय ३५ दशमलव ४२ विन्दुमा पुगेको छ । 

आज उत्पादन र लगानी समूहबाहेक सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको शेयर एक सय २८ अङ्कभन्दा धेरैले बढेको छ । 

आज दुई सय २८ कम्पनीका ६० लाख ८१ हजार कित्ता शेयर तीन अर्ब २१ करोड रुपैयाँमा कारोबार भयाे । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको २१ करोड ४९ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज मैलुङ खोला जलविद्युत् कम्पनी र युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेकाे छ । बजार बढे पनि सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै दुई प्रतिशतले घटेकाे छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु