सुनको भाउ एकैदिन २५ सय रुपैयाँले बढ्यो, अझै बढ्न सक्ने अनुमान

छिनोफानो   बिहिबार १२, फागुन २०७८ ०१:१४

काठमाण्डाै - सुनको भाउ आज एकैदिन तोलामा २५ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९९ हजार रुपैयाँमा पुगेको छ।

भाउ अझै बढ्न सक्ने नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । सुनको भाउ यसरी बढ्नुको मुख्य कारण अहिले रुस र युक्रेनको विवाद नै भएको उहाँको भनाइ छ ।

युक्रेनमा रूसको हस्तक्षेपसँगै विभिन्न युरोपेली देशसहित अमेरिकाले प्रतिबन्ध लगाएकाे छ । यसकै कारण सुनको बजारमा असर परेको शाक्यले बताउनुभयो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीकाे भाउ तोलामा ३५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँमा  पुगेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु