सुनको मूल्य एकैदिन दुई हजाले बढ्यो, नाघ्यो तोलाको एक लाख

छिनोफानो   आइतबार २२, फागुन २०७८ ११:३२

आइतबार सुन तोलामा दुई हजार रूपैयाँले बढेको छ। 

आज सुन तोलाको एक लाख एक हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

यो यो शुक्रबारको तुलनामा  दुई हजार रूपैयाँ बढी हो।  शुक्रबार सुन प्रतितोला ९९ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, आज चाँदी १४ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। 

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु