सुनको भाउ आज ३५ सय रुपैयाँले घट्यो

छिनोफानो   बिहिबार २६, फागुन २०७८ ११:३७

काठमाण्डाै – हिजो बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने ३५ सय रुपैयाँले घटेको छ ।  हिजो तोलामा २५ सय रुपैयाँले बढेर एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको सुनको भाउ आज ३५ सय रुपैयाँले घटेर एक लाख २ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  

रुस-युक्रेन युद्धको असर सुन बजारमा पनि परेको छ । युद्धको असर अझै पनि सुनमा पर्ने सम्भावना रहेकाले भाउ बढ्न सक्ने अनुमान गरिएको छ । तर, अन्तर्राष्ट्रिय बजार मूल्यमा नै भर पर्नु पर्ने अवस्था रहेकाले भाउ बारे यसै भन्न नसकिने महासंघमा पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४५ रुपैयाँले घटेर १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु