धनगढीमा एक्सपर्ट ग्राण्ड एजुकेशन फेयर २०२२ हुने

छिनोफानो   सोमबार ३०, फागुन २०७८ ०४:३१

धनगढीमा एक्सपर्ट ग्राण्ड एजुकेशन फेयर २०२२ हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजल आगामी चैत्र ७ (२१ मार्च) गते धनगढीको रुवस होटेलमा एजुकेशन फेयर २०२२ को आयोजना गर्ने भएको हो ।

एजुकेशन फेयरमा अस्ट्रेलिया, युके, क्यानडा र यूएसमा बसोबास प्रर्णालीको बारेमा जानकारी दिइने आयोजकले जनाएको छ । एक्सपर्ट ग्राण्ड एजुकेशन फेयरमा अस्ट्रेलिया, युके क्यानडा र यूएसका विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहने जनाएको छ । यस्तै सोही कार्यक्रममा योग्य विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिने जनाएको छ ।

एजुकेशन फेयर कार्यक्रम बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म हुनेछ भने कार्यक्रममा प्रवेश शुल्क निःशुल्क गरिएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीका मार्केटिङ म्यानेजर हरि चौधरीले बताए । अस्ट्रेलियामा मुख्य कार्यालय रहेको यस एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको विश्वका विभिन्न देशमा शाखा र अन्य थुप्रै सम्पर्क कार्यालय रहेका छन् । यसले अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई परामर्श दिँदै आइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु