अब नेपाली नागरिक कामदार भिसामा जापान जान सक्ने

छिनोफानो   शनिबार १९, फागुन २०८० १०:०५

काठमाडौँ: वैदेशिक रोजगारीका लागि जापान समेत खुल्ला भएको छ। सरकारले जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउन कार्यविधि २०८० स्वीकृति गरेपछि वैदेशिक रोजगारीका लागि जापान जाने बाटो खुलेको हो।

नेपाल र जापानबीच सन् २०१९ को मार्चमा सीपयुक्त श्रमिक पठाउने समझदारी भए पनि कार्यविधि भने बनेको थिएन।

अहिले जापानमा नेपालीहरू अध्ययन लगायतका भिसामा जाने गरेका छन्। कार्यविधि स्वीकृत भएसँगै कामदारकै रूपमा कानुनी रूपमा जाने बाटो खुलेको हो।

कार्यविधि अनुसार नेपाली वैदेशिक रोजगार व्यवसायीले मागपत्र प्रमाणीकरण गरेर जापानमा कामदारका रूपमा नेपालीलाई पठाउन सक्नेछन्।

यसका लागि नेपाली व्यवसायी र जापानका व्यवसायीबीच सहमति हुनुपर्नेछ। सोही सहमतिको आधारमा नेपालीहरू कामदार भिसामा जापान जान सक्नेछन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु