प्रतिकूल मौसम बदली हुँदा हवाई उडान प्रभावित

छिनोफानो   आइतबार २१, पुष २०८१ १२:१४

काठमाण्डौ – प्रतिकूल मौसम बदली हुँदा हवाई उडान प्रभावित भएको छ । ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाण्डौ बाहिरका धेरैजसो विमानस्थलमा बिहान हवाई उडान हुन सकेन । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाण्डौ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुन नसकेको हो ।

काठमाण्डौ विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ काठमाण्डौबाट सिधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ । बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले अहिले भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत उडान खुले पनि अन्य विमानस्थल कम भिजीविलिटीका कारण उडान हुनसकेको छैन । तराई क्षेत्रमा बाक्लो हुस्सुका कारण विमानस्थल ढिलोगरी खुल्ने गरेको उहाँले बताउनुभयो ।

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश ठाउँमा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशको पूर्वी भूभागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । उहाँले पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव भोलि सोमवार र पर्सि मङ्गलवार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको बताउनुभयो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु