अमेरिकाबाट फर्काइएका नेपालीहरु पठाउनेमाथि मुद्दा दर्ता गर्न अनिच्छुक

छिनोफानो   बुधबार २१, फागुन २०८१ ०१:०५

काठमाडौं । नेपाल प्रहरीले अमेरिकाबाट निष्कासमा परी स्वदेश फर्काइएका नेपालीहरूसँग सोधपुछ गरेको छ । अमेरिकी विमानको चार्टर उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याण्ड भएलगत्तै अध्यागमनले केही प्रक्रिया पुर्‍याएर प्रहरीको जिम्मा लगाएको थियो । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो पुर्‍याइएका उनीहरूलाई सोधपुछ गरिएको छ ।

अमेरिका गएको प्रक्रियाका विषयमा उनीहरूसँग बुझ्ने काम भएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए । प्रारम्भिक सोधपुछका क्रममा केही नेपाली ब्राजिल हुँदै अमेरिका पुगेको र सो क्रममा अध्यागमन कानून उल्लंघनको अभियोगमा फर्काइएको पाइएको कुँवरले बताए ।

‘हामीले मानव बेचबिखन तथा ओसारपसारको प्रोस्पेक्टिभबाट केही भनाइ छ भने भनिदिनु होला भनी आग्रह गरेका छौं’, उनले भने । उनीहरूले अमेरिका पठाउनेमाथि मुद्दा दर्ता गर्न इच्छा नदेखाएको कुँवरले जानकारी दिए ।

बुधबार अमेरिकाबाट चार्टर्ड विमानमार्फत ८ जना र कतार हुँदै १ जनालाई नेपाल फर्काइएको हो । सोधपुछ सकिएपछि उनीहरूलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु