सुनको भाउ आज पाँच सय रुपैयाँले घट्यो

छिनोफानो   मङ्गलबार २७, फागुन २०८१ ०२:२४

काठमाण्डौ – सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ६९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार चार सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ८५ रुपैयाँ रहेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु