च्याम्पियन्स ट्रफीकाे फाइनलमा पुग्न आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दै

छिनोफानो   बुधबार २१, फागुन २०८१ ११:१९

काठमाण्डौ – आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पुग्न आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल पाकिस्तानको लाहोरमा दिउँसो पौने तीन बजे शुरू हुनेछ ।

न्युजिल्यान्ड समूह ‘ए’ को उपविजेता र दक्षिण अफ्रिका समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

हिजो भएको पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत फाइनलमा पुग्यो । दुई पटकको उपाधि विजेता भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो ।

भारतले आज हुने दोस्रो सेमिफाइनलको विजेता टोलीसँग उपाधिको लागि आइतवार खेल्नेछ । फाइनल खेल दुबईमा हुनेछ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु