नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमवार कैलाली पुगेर सुदुरपश्चिम प्रदेशमा नेपाली काँग्रेसले प्रदेश सरकारमा सहभागीता गराउने कुरा स्वागत योग्य रहेको बताए ।
कैलालीको धनगढी बिमास्थलमा गरियको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले काँग्रेसले चाहेमा सरकारमा सहभागी गराउने भन्नेमा छलफल चलिरहेको बताए ।
सदुरपश्चिम सरकारको नेतृत्व परिवर्तन को बिषयमा बोल्दै अध्यक्ष दाहालले नेकपा एकिकृत समाजबादीले ठुलो दलको हैसियतले प्रदेश सरकारको नेतृत्व माग गरेको भएपनि नेतृत्व परिवर्तन नहुने बताए ।
प्रतिकृया दिनुहोस