अध्यक्ष ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

छिनोफानो   शनिबार १४, चैत २०८२ ११:५९

काठमाण्डौ - नेकपा एमालेले पूर्व प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । 

आज पार्टी कार्यालय च्यासल ललितपुरमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहा गर्न मागसहित कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

बैठकपछि सचिव महेश बस्नेतले हरेक जिल्लाको सदरमुकाममा आज दिउँसो जनसंगठनको तर्फबाट विरोध प्रदर्शन गर्ने, भोलि जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउनेलगायतका निर्णय गरेको जानकारी दिनुभयो । 

साथै अन्य दलसँग पनि संवाद र सहकार्य गर्ने उहाँले बताउनुभयो ।

यसैबीच पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको विरोधमा नेता/कार्यकर्ताले बिहान काठमाण्डौको चाबहिल चोकमा विरोध प्रदर्शन गरेका छन् । 

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई आज बिहान सबेरै निवासबाट प्रहरीले पक्राउ गरेको हो । लेखक पक्राउको विरोधमा के गर्ने भनेर कांग्रेसका नेताहरू परामर्शमा जुटेका छन् । परामर्शपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने कांग्रेस नेताहरूले बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु