सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानरपालिकाको भागबन्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बसेको बैठकले ६ महानगर र ११ उपमहानगरको भागबन्डा टुंगो लगाएको हो ।
सहमतिपछि गठबन्धनका दलहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् । जसमा धनगढी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा माओवादीले पाउने भएको छ ।
प्रतिकृया दिनुहोस